आज दुई वटा संसदीय समितिको बैठक बस्दै

तातोखबर, काठमाडौँ / आज दुई वटा संसदीय समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे बस्न लागेको हो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पुँजीगत खर्चको सम्बन्धमा र मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धी, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अध्ययनबाट देखिएका विषयहरूको प्रारम्भिक अध्ययन प्रतिवेदन सम्बन्धी छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस