सरकार कमिसन धन्दामा मस्त छ : डा. सुनिलकुमार शर्मा

sunil-sharma-nepali-congress

तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूततम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले ले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताए। तर सरकार जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेका कारण हुन नसक्ने दाबी गरे।

Advertisement:sunil-sharma-nepali-congress

‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालमा विमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ। यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन’, उनले भने, ‘ठूलाठूला डिल कसरी गर्ने ? टेण्डर खोल्दा आफूले भनेका कम्पनीलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने? माथिदेखि तलसम्म सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ।’

उनले अहिले शीर्ष नेता मात्रै नभई अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर सरकारी उच्चपदस्थ कर्मचारी अर्बौँको सम्पत्ति विदेशमा रहेको दाबी गरे । दुबईमा धेरै नेपालीको बंगला रहेको समेत उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् :