जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, आँधीको जोखिम भने टर्यो

तातोखबर: मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले उल्लेख गरेको छ ।
जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम भने टरेको छ । सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो । इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो । तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ ।
यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ । ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन् ।
जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो । ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस