राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन छलफलमा

तातोखबर, काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल सुरु भएको छ । पुस २३ गते उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले भागबन्डाका लागि छलफल गरिरहेका छन् ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रदेशमा दलहरुको मतभार र विदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने उनको भनाइ छ । तीन दिनअघि सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अहिलेसकै गठबन्धन सहज भएको निश्कर्ष निकाल्दै राष्ट्रियसभा निर्वाचनमा होमिने निर्णय गरेको थियो ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।
माओवादीबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिबाट मनोनीत एक सहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गते बिदा हुँदैछन् । त्यसमध्ये १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ । एक सदस्य भने मन्त्रीपरिषद्को सिफरिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस