तीन न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन गर्न जाँचबुझ समिति गठन

judicial-council-secretariat-न्याय-परिषद्

काठमाडौँ : न्याय परिषद्ले तीन न्यायाधीशविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

जिल्ला न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइरालाविरुद्ध न्याय परिषद् सचिवालयमा दर्ता भएका उजुरीका सम्बन्धमा छानबिन गर्न उक्त समिति बनाएको परिषद्का सचिव देवेन्द्र ढकालले जानकारी दिए ।

Advertisement:judicial-council-secretariat-न्याय-परिषद्

जाँचबुझ समितिमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेका छन् ।

न्याय परिषद ऐन, २०७३ को दफा १०, ११ र १२ को अधीनमा रहने गरी बनाइएको समितिलाई ३० दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् :