प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती

तातोखबर, काठमाडौँ : सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।
मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने र त्यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी घट्ने जानकारी दिइन् ।
यसैगरी बैठकले आव ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेको हो ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस