घरमा आगलागी हुँदा चार महिने बालकको जलेर मृत्यु

हेटौंडा – दार्चुला एक घरमा आगलागी हुँदा चार महिने बालकको जलेर मृत्यु भएको छ । आगलागीमा परेर रन्बिर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।

जिल्लाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा स्थानीय रणबीर ९रन्बिर० टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको हो । विजुली सर्ट भइ आगलागी भएको बताईएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :