गाजामा पछिल्लो २४ घण्टामा दुई सय ४१ जनाको मृत्यु

gaja-war-tatokhabar-onlinekhabar-hotnews-breaking-news-setopati-international-news-tatokhabar

तातोखबर : गाजामा इजरायलको सैन्य कारबाही जारी राखेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। उता इजरायलका सेना प्रमुख हर्जी हेलेवीले हमाससँगको द्वन्द्व ‘अब केही महिनासम्म जारी रहने’ बताएका छन्।

Advertisement:gaja-war-tatokhabar-onlinekhabar-hotnews-breaking-news-setopati-international-news-tatokhabar

मध्य गाजामा स्थल सैन्य कारबाहीको बिचमा इजरायलले मंगलबार १०० भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको जनाएको छ। गाजाको इजरायलसँग जोडिएको क्षेत्रमा बुधबार बिहान पनि ठूलो विस्फोटको आवाज सुनिएको थियो ।

इजरायलले वेस्ट बैंकको नूर शाम्स शरणार्थी शिविरमा रातभर ड्रोन आक्रमण गरेको छ, जसमा कम्तिमा छ प्यालेस्टाइनीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले यो २४ घण्टामा ३८२ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार विगत ११ हप्तादेखि जारी यो युद्धमा २० हजार ९१५ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :