बसले माेटरसाइकललाई ठक्कर दिँदा १ जनाकाे मृत्यु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।
सोमबार बिहान ११:२० को समयमा पथलैयाबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशाबाट आउदै गरेको ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका १२ कि निशाकुमारी रायकाे मृत्यु भएकाे हाे ।
दूर्घटनामा माेटरसाइकल चालक नाशाकी पति रोशन कुमार राय घाइते भएका छन् । दुबैलाइ अस्पताल पुराएकोमा निशाको टाउकोमा गम्भीर चोट लागेको र अस्पताल पुराउदा डाक्टरले मृत घोषणा गरेका थिए ।
रायको हेटौंडा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मोटरसाइकल, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस