भूकम्प पीडितलाई पालुङ जेसीजको २५ हजार

मकवानपुर – थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले कात्तिक १७ गते मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैंया नेपाल जेसीज मार्फत पठाएको छ ।
जेसीज सदस्यहरुको सक्रियतामा स्थानीय स्तरमा संकलन गरी नेपाल जेसीज मार्फत भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाउनको लागि उक्त रकम नेपाल जेसीजको खातामा मंगलबार जम्मा गरिएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।
भूकम्प गए लगत्तै पालुङ जेसीजले स्थानीय स्तरमा संकलन गरी र जेसीजको बिपत राहत कोषमा जम्मा भएको रकम पठाईएको कानुनी सल्लाहकार रायमाझीले बताए।
‘मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो’ भन्ने जेसीजको नारालाई आत्मसाथ गर्दै भूकम्प पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउनको लागि पालुङ जेसीजले नेपाल जेसीज मार्फत सहयोग रकम पठाईएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एपम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस