राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ । जाजरकोट आसपासका जिल्लाहरूमा पनि भौतिक क्षति पुगेको छ ।

राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् । भूकम्पकै कारण उनले पूर्वनिर्धारित युरोप भ्रमणसमेत स्थगित गरेका थिए । जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भइसेको छ ।

Advertisement:

तीन सयभन्दा धेरै घाइते छन् । घाइतेहरूको जिल्लाका अस्पताल, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा उपचार भइरहेको छ । भूकम्प गएपछि सुरुमा बचाउमा केन्द्रित भएको राहत तथा उद्धार टोली अब राहत वितरणमा केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस् :