बागमती प्रदेशमा तीन वर्षको अवधिमा सबैभन्दा बढी मकवानपुरमा घरेलु हिंसा

हेटौंडा – बागमती प्रदेशका १० जिल्लामा तीन वर्षको अवधिमा सबै भन्दा बढी मकवानपुर जिल्लामा घरेलु हिंसा भएको पाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रतिवेदन सार्वजनिक गर्दै मकवानपुर जिल्लामा सबै भन्दा बढी मकवानपुर जिल्लामा घरेलु हिंसा भएको जानकारी गराएको हो ।
बितेको आर्थिक वर्षको तुलनामा पनि मकवानपुरमा आर्थिक वर्ष २०७९–०८० मा ३४ प्रतिशतले घरेलु हिंसाका घटना बढेका छन् । बितेको आर्थिक वर्षमा यस जिल्लामा ६०३ जना महिलामाथी घरेलु हिंसा भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७७–०७८ मा ४४६ जना, आर्थिक वर्ष २०७८–०७९ मा ५६८ महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।
चालु आर्थिक वर्षमा पनि मकवानपुरमा १५७ जना महिला माथी हिंसा भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । घरेलु हिसां सबै भन्दा कम यस प्रदेशमा रसुवामा भएको प्रहरीले जनाएको छ । बागमती प्रदेशका बिभीन्न जिल्लामा तीन वर्षको अवधिमा घरेलु हिंसा घट्दा मकवानपुरमा बढेको प्रहरीको तथ्याङक छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस