ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ना ३ ख ८८५२ नम्बरको ट्यांकरले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १७ वर्षकी सालिनी पाठकको मृत्यु भएको हो।

बुवाले चलाएको मोटरसाइकलमा पछि बसेकी नेपालगञ्ज उपमहानगरपालिका–१७ की पाठकको उपचारको लागि अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो। घाइते रहेका सालिनीको बुवा सामान्य छन्।

Advertisement:

धम्बोझीचोक नजिक सेतुबिक चोकतिर जाने मोड नजिक दुर्घटना भएको थियो। प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस् :