हमासको नियन्त्रणबाट छुटेनन् विपिन, पहिलो चरणमा २४ बन्दी रिहा

काठमाडौं । इजरायलसँगको सहमतिपछि हमासले २४ जना बन्दीलाई रिहा गरेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।
रिहा भएकाहरूमध्ये १३ जना इजरायली, १० जना थाई र एकजना फिलिपिन्सका नागरिक रहेको मध्यस्थकर्ताको भूमिकामा रहेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।
प्ररम्भमा थाइल्यान्ड र इजिप्टले १२ जना थाई नागरिक रिहा भएको बताएका थिए । हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो । रेडक्रसले उनीहरूलाई इजिप्टको बाटो हुँदै इजरायल पुर्याएको थियो ।
यता इजरायलले बालबालिका र महिलासहित ३९ जना प्यालेस्टाइनी नागरिकलाई रिहा गरेको छ । हमासबाट रिहा भएका थाइल्यान्डका सबै नागरिक पुरुष भएको बीबीसीले उल्लेख गरेको छ । हमासको नियन्त्रणबाट मुक्त भएका सबैलाई ४८ घण्टासम्म मेडिकल सुविधा दिइने समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस