आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

झापा – झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।
छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक थिएन् । घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस