स्कुटरको ठक्करबाट १ जनाको मृत्यु
मकवानपुर – हेटौंडामा स्कुटरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौँडा – १७, बाबुचोकमा शुक्रबार स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हर्नामाडी ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौँडा अस्पतालमा उपचारको क्रममा शुक्रबार साझनै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले स्कुटर चालक हेटौँडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

