तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा

काठमाडौ – यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।
यस अघि यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा यस पटक तिथिका कारण आइतबार नै परेको र सोही दिन नै लक्ष्मी पूजा गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आइतबार बिहान कुकुर पूजा पनि गरिने छ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आइतबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
तिहारको तेस्रो दिन सोमबार गाईपुजा गरिनेछ भने चौथो दिन मंगलबार गोवर्द्धन पूजा र गोरु पूजा गरिनेछ । यसैगरि तिहारको अन्तिम र महत्त्वपूर्ण दिनको रुपमा रहेको बुधवार भाइ पूजा गरी तिहार समापन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस