मकवानपुर प्रहरीद्वारा अवैध चिनी र पटका बरामद

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई पिपल चौतारास्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध चिनी र पटका बरामद गरेको छ ।
प्रहरीले चिनी १ बोरा अन्दाजी ५० किलो, नागिन पटका १२ वटा पोका (८,४०० पिस ),चक्कर पटका १ प्याकेट (१० पिस), बुलेट बम पटका –२ प्याकेट (२० पिस) र फूल कोन पटका १ प्याकेट (८ पिस) बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, मंगलबार बिहान सवा ९ बजेको समयमा विरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको बा ४९ प १२८० नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चिनी र पटका बरामद गरेको हो ।
बरामद चिनी र पटकालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस