मकवानपुरमा गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म



मकवानपुर – मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा गत आइतबारबाट संचालन भएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म हुने जनाएको छ ।

प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गने कार्य आजसम्म हुने मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि १३७ जना प्रहरी टोली परिचालन गरेको थियो । ती टोली आज बेलुका फर्कने भएका हुन् ।

ती प्रहरी टोली फर्किएपछि केही दिनपछि फेरी अर्को टोली परिचान गरी गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यलाई तीब्रता दिइने उनले बताए ।

हाल परिचालित प्रहरी टोलीले आइतबार ३ बिगाहा, ८ कठ्ठा, सोमबार ६१ बिगाहा, ३ कठ्ठा र मंगलबार ५७ बिगाहा १५ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ