भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

काठमाडौं ,तातोखबर/ गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि गरेको छ । यस्तै ५५ जना घाइते छन् । त्यसै गरी भूकम्पमा परी रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ, भने ८५ जना घाइते छन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् ।
उनी स्वास्थ्यकर्मीसहित अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षति गरेको क्षेत्र पुग्दैछन् । भूकम्पको थप विवरण आउने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस