भारतबाट सयपत्री फूलको माला आयातमा रोक

काठमाडौं । भारतबाट सयपत्री फूलको माला आयातमा रोक लगाइएको छ । सरकारले तिहारमा आन्तरिक उत्पादनले नै माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाइएको उल्लेख गरिएको छ ।
उक्त नियम गत कार्तिक १ गतेदेखि नै लागू भइसकेको र इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानून बमोजिम कारबाही हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस