मकवानपुरमा थप ४ जना डेंगु संक्रमण पुष्टि

मकवानपुर – मकवानपुरमा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये हेटौंडाका २ जना, मनहरी र भीमफेदीका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला स्वास्थय कार्यालय मकवानपुरका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ७२२ पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आजसम्मको हो ।
जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १९ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६६ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३६ जना, बकैया गाउँपालिकाका २२ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण ए जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस