जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो साढे २ बजे बस्ने गरी बोलाइएको हो ।
पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ । स्व. विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त पद रिक्त रहेको छ ।
यस्तै, सो बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समीक्षा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस