सेती नदीले बगाउँदा एकजना बेपत्ता
बझाङ – बझाङको मष्टामा सेती नदीले बगाउँदा एकजना बेपत्ता भएका छन्।
मष्टा गाउँपालिका – ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत शनिबार दिउँसो सेतीमा बेपत्ता भएका हुन्।
गाईबस्तु गोठालो गएको बेला सेती नदीमा गाईको बाछो तार्ने क्रममा कठायतलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शनिबार साँझसम्म खोजी गर्दा पनि कठायतलाई फेला पार्न नसकिएको बझाङका प्रहरी प्रमुख तथा डीएसी भरत शाहले जानकारी दिए। आइतबार पनि बिहानैदेखि उनको खोजी सुरु गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

