नेपाल र रोमानियाबिच श्रम सम्झौता

काठमाडौ – नेपाल र रोमानियाबिच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आज आयोजित कार्यक्रममा दुई देशका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यबद्धतामन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
बैठकमा मन्त्री भण्डारीले रोमानियासँग आपसी हितका सबै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । रोमानियाका मन्त्री बुकुरा–ओप्रेस्कुले कानुनी रूपमा काम गर्ने नेपाली कामदारले रोमानियाका नागरिक सरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन दिएका छन् ।
रोमानियाली पक्षले विशेष गरी निर्माण, सेवा, आतिथ्य र कृषि क्षेत्रमा कामदारको आवश्यकताबारे नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको छ । हाल रोमानियामा १५ हजार ५९० नेपाली कामदार कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस