श्रम मन्त्रालयको चालु आर्थिक वर्षकाे खर्च ३४.१७ प्रतिशत मात्र

DP_aryal

ताताेखबर, काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएकाे विवरण सार्वजनिक भएकाे छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म (२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन्।

Advertisement:DP_aryal

कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ (३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए।

चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ ७ करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ९० लाख रुपैयाँ (२३.९५ प्रतिशत) खर्च भएको उनले स्पष्ट पारे।

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तिय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने ५ अर्ब ३६ करोड रुपैयाँमध्ये १ अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ (२१ प्रतिशत) खर्च भएको बताए।

उनले मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये ४ करोड ११ लाख ५९ हजार रुपैयाँ (७.१२ प्रतिशत) खर्च भएको जानकारी दिए । त्यसैगरी, व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये ४ करोड २३ लाख १५ हजार रुपैयाँ (१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application