आठ वर्षीया बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

तनहुँ – नाबालिका बहिनी बलात्कार मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । तनहुँ जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिका बलात्कार अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार आठ वर्षीय सहोदर बहिनीलाई जबरजस्ती करणी मुद्दामा अभियुक्त बालक भएकाले ५० प्रतिशत छुट गरी १४ वर्ष छ महिना कैद हुने गरी फैसला भएको छ । आरोपितले बैनीलाई २०७० साल चैत २५ गते बलात्कार गरेको भन्दै आमाले नै इलाका प्रहरी भानुमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस