प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्कँदैछन्। उनी आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बताइएकाे छ।
उनी छेन्दुबाट सिधै काठमाडौं ओर्लिन लागेका हुन्।
प्रधानमन्त्री दाहाल गत भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। उनी उतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।
प्रधानमन्त्री दाहालले चीनमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। उनी हाङझाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भएका थिए।
प्रधानमन्त्री दाहालले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजी र समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।
बेइजिङबाट छोङछिङ पुगेका उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गरेका थिए। त्यसपश्चात् उनी कैलाश पर्वत र मानसरोबर गएर शुक्रबार छेन्दु पुगेका थिए।
प्रधानमन्त्री दाहालकाे भ्रमण टाेलीमाप्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका व्यक्तिहरू छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस