देशभरका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता लिनेको नाम दोहोरो ः छानबिन शुरु

१२ असोज, काठमाडौं । देशभरका सबै स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता लिनेको नाम दोहोरो देखिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छानबिन थालेको छ ।
७ सय ५३ वटै स्थानीय तहबाट चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्ता परिचयपत्र नवीकरण हुने क्रममा करिब एक हजार आठ सय जनाको नाम दोहोरो देखिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसीले बताए । छानबिनको काम नसकिएको हुँदा यसभन्दा थप बोल्न नमिल्ने निर्देशक जैसीले बताए तर छिटै छानबिन प्रक्रिया निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
निर्देशक जैसीका अनुसार कतिपय स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता हिनामिना भएको आशंकामा छानबिन भइरहेको छ । छानबिन गर्नका लागि विभागले प्रमुख जिल्ला अधिकारी र स्थानीय तहलाई पत्राचारसमेत गरिसकेको छ ।
पेन्सनलगायत राज्यबाट अन्य सुविधा र सामाजिक सुरक्षा भत्ता पनि लिनेहरूमाथि पनि विभागले छानबिन तीव्र बनाएको छ । गत आर्थिक वर्षभित्र २ हजार ४ सय ६६ जनाले दोहोरो सुविधा लिएको पुष्टि भएपछि विभागले आवश्यक असुलउपर तथा कारबाहीका लागि स्थानीय न्यायिक समितिलाई पत्राचार गरिसकेको विभागले जनाएको छ । विभागले छानबिन गरे पनि कारबाही गर्ने अधिकार स्थानीय न्यायिक समितिसँगमात्र रहेको निर्देशक जैसीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस