हेटौंडा-३ मा बाबुआमा र भाईलाई चिरपट प्रहार, आमा गम्भीर घाइते

हेटौंडा – हेटौंडामा एक व्यक्तिले आफ्ना बाबुआमा र भाईलाई चिरपट प्रहार गरी घाइते बनाएका छन् । हेटौंडा -३ लेवट भुलन टोलमा स्थानीय ५० बर्षीय बद्रिनाथ मैनालीले चिरपट प्रहार गरी आफ्ना बाबुआमा र भाईलाई घाइते बनाएका छन्।
चिरपट प्रहारबाट उनका बाबु ७३ बर्षीय रामजी मैनाली, आमा ६५ बर्षीय माया मैनाली र भाई ४० बर्षीय केदार मैनाली घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते तीन मध्य बुवा र भाईको हेटौंडा अस्पताल आमा माया मैनालीलाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।
कुटपिट गर्ने बद्रिनाथ मैनालीलाई। नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस