मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघको दिप प्रज्वलन, राखियो राष्ट्रिय झण्डा
हेटौंडा – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले हेटौंडामा दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको आयोजना गरेको छ ।
नेविसंघको केन्द्रिय कार्यसमितिबाट परिपत्र भए अनुसार नवौं संविधान दिवसमा बुधबार हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको गेट अगाडी दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम गरिएको हो ।
भाद्र २८ गते नेविसंघ केन्द्रिय कार्यसमितिबाट असोज ३ गते विभिन्न कार्यक्रम तथा अन्य रचनात्मक कार्यक्रम गरि संविधान दिवस मनाउन सबै जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरुमा परिपत्र गरिएको थियो ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ब्लोनको प्रमुख आतिथ्यतामा भएको दीप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारी/सदस्य, जनप्रतिनिधिहरु, स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका पदाधिकारी/सदस्यलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

