आज हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज

काठमाडौ – नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज आज बैदिक सनातन नारीहरुले श्रीमहादेवको पूजा तथा उपासना गरेर धुमधामकासाथ मनाउँदै छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको धार्मिक मान्यताका आधारमा बैदिक सनातन धर्ममा हरितालिका तिजको परम्परा रहीआएको हो ।
आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता नरहेको धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्रीहरु बताउछन् । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताइन्छ ।
निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न सकिन्छ । बैदिक सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व तीजको नेपालका गाउँ सहर जताततै रौनक, यो पर्वमा अविवाहिता नारीहरुले आफुले चिताएको पति प्राप्ति तथा विवाहिता महिलाहरूले आफ्नो तथा घर परिवारको सुस्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने चलन छ । आज देशका शिवालयहरुमा महिला दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति रहेको छ । विशेश गरि पशुपति मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड लागिसकेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस