आज तीजको दर खाने दिन



मकवानपुर – आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन छ ।

तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा–मिठा परिकार खाने चलन बसेको हो । टाढा–टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउँ, दही, दुध लगायतका मिठा परिकार खाने प्रचलन धेरै अघिदेखि चलेको हो ।

तिजको समयमा पुरुषले दर बनाएर आफ्ना चेलीबेटी वा जीवनसंगीनीलाई खुवाउनुपर्छ भन्ने प्रचलन छ । नेपाली समाजमा दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ ।

धार्मिक ग्रन्थका अनुसार हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार महिलाहरुले तीजमा ब्रत बस्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको