स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता, आजदेखी नियमित काम

हेटौंडा – केही दिन अघि हेटौंडाको सन्चो अस्पताल प्रालिमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारी माथी भएको सामूहिक आक्रमण तथा कुटपिटको विषयमा देशभर आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आज सोमबारदेखी नियमित सेवा प्रदान गरिने भएका छन् ।
चिकित्सक संघ र सरकारबीच ६ बुँदे वार्ता सहमति पश्चात आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिएको हो । आजबाट देशभर सहित मकवानपुरमा पनि सम्पूर्ण स्वास्थ्य सेवा सुचारु रहने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला प्रसाद चौलागाईले बताए ।
सरकारसँग कारवाहीको माग गर्न चिकित्सक संघले खेलेको भूमिकालाई धन्यवाद भन्दै अध्यक्ष चौलागाई भन्छन्, ‘आन्दोलनका कार्यक्रम फिर्ता भएपनि स्वास्थ्यकर्मीहरुले बिरोध स्वरूप हातमा कालो पट्टि लगाई दोषी हरुलाई पूर्ण रुपमा नियमअनुसार पाउने सजाय नदिएसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ दोषीलाई कारवाही नगरे यो भन्दा शसक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएको चौलागाईले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस