माओवादी द्वन्द्वकालमा राखिएको बम विस्फोट

बाँके, ३१ भदौ । हिजो राति बाँकेमा बम विस्फोट भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-८ स्थित सडकमा बम विस्फोट भएको हो ।
विस्फोट भएको उक्त बम द्वन्द्वकालमा राखिएको आशंका गरिएको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।
“घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ,“ डीआईजी उमेशराज जोशीले भने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस