आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

इजरायलले लेबनानमा हेजबुल्लाहविरुद्ध आक्रमण तिब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ। जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडान गर्ने निर्णय गरेको छ ।
इजरायली बम विस्फोटले यो हप्ता लेबनानमा सयौँ मानिसको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ। रक्षा मन्त्रालयले जापानी नागरिकलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिएको छ।
इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुसँग लडाइँ जारी राख्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस