काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या

काठमाडौं – काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्यो भएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको हो । मृतकको शवमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।  हत्या गरिएकाहरुमा दोलखाका ३ जना र धनकुटाका १ जना रहेका छन् ।

Advertisement:

उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :