हेर्टौडामा घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न

हेटौंडा, मकवानपुर । जालपा देवी महिला उद्यमी केन्द्रको आयोजना तथा हेर्टौडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जालपा देवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । जाल्पा देवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको कार्यक्रममा १७ स्टल राखिएको थियो । अम्बा, ड्राइगन फ्रुटस्, केरा, बासबाट बनेको सामान,हस्तकला लगायत विभिन्न सामानहरु राखिएको थियो । घरेलु तथा कृषि उपज प्रदशनिमा ४५० जनाले स्टल भ्रमण गरेका थिए ।
कार्यक्रममा हेटौंंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष र्फुवा दोर्जे लामा, हेटौंंडा १ वडा अध्यक्ष सविन न्यौपाने,हेटौंडा १५ वडा अध्यक्ष सुनिल मोक्तान , मुनु सिक्देल, हेटौंडा ११ वडाअध्यक्ष जुना दाहाल, संस्थाका पदाधिकारीहरु गिता तिमिल्सिना ,कृष्णकला बर्तौला,मिठु माया स्याङ्तान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यम तथा कृषि छेत्रमा योगदान पुर्याउने महिला उद्यमी सरिता भट्टराईलाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस