ताईवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

Taiwan Science Exhibition

ताईवानमा माघ १९ गते सम्पन्न भएकाे ताईवान ईन्टरनेशनल साईन्स फेयरमा नेपालले ईन्जिनियरिङ तर्फकाे विधामा चाैथाे स्थान हासिल गर्न सफल भएकाे छ । यहि माघ १४ देखि १९ गते सम्म भएकाे उक्त अन्तराष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालकाे तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाकाे कृषि-प्रबिधिमा आधारित ‘एग्राे-गार्ड’ नामक रिसर्च प्राेजेक्टले चाैथाे स्थान हासिल गर्न सफल भएकाे हाे । गणित, रसायनशास्त्र, ईन्जिनियरिङ लगाएतका फरक फरक १३ वटा विधा समेटिएकाे उक्त प्रदर्शनि मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगाएतका २७ भन्दा वढि देशहरुका राष्ट्रिय स्तरवाट छनाेट भएका  उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

Advertisement:Taiwan Science Exhibition

२० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरुकाे वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक बर्ष ताईवानकाे सुचना तथा प्रविधि मन्त्रालय मातहतकाे नेशनल ताईवान साईन्स एजुकेशन सेन्टर(NTSEC) ले उक्त विज्ञान प्रविधि मेलाकाे आयाेजना गर्दै आईरहेकाे छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियाेजनाहरुलाई प्रदर्शन गराईने यस प्रदर्शनी मेलामा यस बर्ष ६३० जना विध्यार्थी अनुसन्धानकर्ताहरुद्वारा ३५९ वटा विज्ञान, सुचना-प्रविधि, नवप्रवर्तन सम्बन्धि अनुसन्धानका प्राेजेक्टहरु प्रदर्शनीमा राखिएकाे थियाे । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्राेजेक्टहरु समावेश गरिएका थिए ।

यस विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका निम्ति विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्दै आईरहेकाे एस्ट्रोनाेभा फाउन्डेसन नेपालले दरखास्त आवेदन आह्वान गरि प्रतिस्पर्धामार्फत वाईवाकाे साे अनुसन्धानात्मक प्राेजेक्ट छनौट गरि ताईवानमा नेपाललाई प्रतिनिधित्व गराएकाे हाे । वाईवाले गत वर्ष व्रेनिक्युव रिसर्च अर्गनाईजेशनद्वारा आयाेजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिककाे उपाधि समेत प्राप्त गरेका थिए । फाउन्डेशनबाट किशन बास्ताेला र आयुष बस्नेतकाे परिवेक्षणमा वाईवासहितकाे टाेलि माघ १३ गते ताईवान प्रस्थान गरेका थिए ।

यस समापन समारोहमा ताईवानका विज्ञान-प्रबिधि मन्त्री, विदेश बिभाग प्रमुख, नेशनल ताईवान साईन्स एजुकेशन सेन्टरका डाईरेक्टर जेनेरल, ताईवान राष्ट्रिय विश्वविद्यालयका प्रोफेसरलगायत विभिन्न देशका विशिष्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Welcoming Shashwat Waiba in Nepal

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application