देशभरिको फोहोर व्यवस्थापनका लागि सरकारले नयाँ कार्यादेश ल्याउने

काठमाडौं, १९ भाद्र । काठमाडौं उपत्यकाको फोहोर सबैका लागि टाउको दुखाईको विषय भईरहेको बेला अब देशभरकै फोहोर व्यवस्थापन संघीय सरकारले गर्ने कार्यादेश ल्याइने भएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयको संयोजनमा देशभरीकै फोहोर व्यवास्थापन गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरु सँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहरी विकास मन्त्रालयको संयोजनमा एउटा विशेष संयन्त्र निर्माण गरी काठमाडौं उपत्यकाको मात्रै नभएर देशभरिकै फोहोरको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक कार्यादेश निर्माण गर्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सिंहदरवारमा मङ्गलवार आयोजित एक छलफल कार्यक्रममा काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबाट आफू पछाडि नहट्ने प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रममा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरू उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध गर्न जोड दिइएको थियो ।
मन्त्रिपरिषद्को अब बस्ने बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने प्रधानमन्त्री दाहालले बैठकका सहभागीहरुलाई जानकारी गराए ।फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएको भन्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने र त्यसका लागि ठोस गृहकार्य गर्नसमेत सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् ।
सहरी विकासमन्त्री सीता गुरुङ र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालका साथै प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल र मणिराम गेलाल समेतको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी तथा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस