सिंहदरबारको फोहोर एक हप्तादेखि उठेको छैन-बिकराल अवस्था आउन सक्ने



singhdarbar

मुलुकको प्रमुख प्रशासकीय केन्द्र हो, सिंहदरबार । जहाँको फोहोर एक हप्तादेखि उठेको छैन । जताततै झिँगा भन्किरहेका छन । अब केहिदिन फोहोर नउठेमा बिकराल अवस्था आउन सक्नेछ ।
फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको काठमाडौं महानगर, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सिंहदरबारसँग रुष्ट छन् ।
गत चैत २५ गते फेसबुकमा स्टाटस लेखेर उनले भनेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ ।’

काठमाडौं महानगर प्रमूख बालेन शाहले सिंहदरवारका नेतृत्वलाई लक्षित गरेर दिएको अभिव्यक्तिले उक्त समस्या सतहमा आएको छ र महानगरबासीहरुले चर्चा गर्न थालेका छन् । केन्द्रको समन्वयबिना जटिल समस्या समाधानगर्न स्थानिय तह पूर्ण रुपमा सक्षम नभएको ठानिएको बेला स्थानीय तहले लिने नीतिमा केन्द्र सरकारको समन्वयकारी भुमिका खाँचोको रुपमा औंल्याउन थालिएको पनि बहसको विषय बन्न थालेको छ ।

सिंहदरबारभित्रको कार्यालयजन्य फोहोर बिहानको समयमा संकलन हुन्छ, क्यान्टिन र अन्य फोहोर अपराह्नपछि ।
कुहिएको खानेकुरा, प्लास्टिकका बोत्तल, कागजपत्रदेखि ठूलाठूला कार्टुनहरू एकै ठाउँमा छरपस्ट छन् ।
फोहोर संकलन गृहको ठ्याक्कै अगाडि सिंहदरबार प्रहरी सुरक्षागणको क्यान्टिन छ । क्यान्टिनको पछाडिको भाग फोहोरको छाप्रोसँगै जोडिएको छ । तर, पछाडि फोहोरको डङ्गुर छ भनेर न क्यान्टिन सञ्चालकलाई थाहा छ, न ग्राहकलाई नै ।
त्यही दिनदेखि सिंहदरबाभित्र फोहोर थुप्रियो । बाहिर भने जिम्मेवार मन्त्रीहरूका अभिव्यक्ति फैलिए– महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदैन भन्न मिल्छ ?, मेयरले जनताको स्वास्थ्यमाथि खेलबाड गरे । जस्ता अभिव्यक्ति आईरह््यो ।
अनि के जनस्वास्थ्यको पाटोलाई नियालिरहेको सरकारको कुनै पनि निकायले समस्या समाधानका लागि महानगरसँग यसबिषयमा छलफल ग¥यो त ?



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ