एआइजी ज्ञवालीसहित पाँच उच्च अधिकृतको सर्वोच्चमा रिट, दर्जागत उमेरहद रोक्न आदेश माग

काठमाडौँ / नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न आज रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीवार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।
प्रहरी नियमावली–२०७१ का अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था छ। अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस