‘छड्के २’को टिजर सार्वजनिक

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा अनमोल केसी मेनडग चरित्रमा देखिनेछन् । १ मिनेट ४६ सेकेन्डको उक्त टिजर बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । निगम श्रेष्ठले निर्देशन गरेका यो चलचित्र ग्याङस्टर ड्रामा हो जसमा उनी आफैँ खजुरे चरित्रमा देखिनेछन । चलचित्रमा रविन तामाङ, रेशा आले मगरलगायतका कलाकारहरूको संलग्नता रहेको छ ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस