डंकीको पहिलो टिजर सार्वजनिक – हेर्नुहोस्

Dunki Teaser - Trailer - Drop 1

चर्चित बलिवुड अभिनेता शाहरुख खान अभिनित बहुप्रतिक्षित चलचित्र डंकी को पहिलो टिजर आज रेड चिल्लिज इन्टरनेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ‘डंकी ड्रप १’ शीर्षक राखी सार्वजनिक गरिएको १ मिनेट ४७ सेकेन्डको उक्त टिजरको अर्को भाग ‘डंकी ड्रप २’ पनि छिट्टै सार्वजनिक हुने भनी सोहि टिजरमा देखाइएको छ ।

चलचित्र डंकीमा लण्डन जाने सपना बोकेका र त्यसको लागि कानुनी/गैरकानुनी कुनै पनि बाटो अपनाउन तयार युवाहरुको कथा देखाइने छ । राजकुमार हिरानीको निर्देशनमा बनेको उक्त चलचित्रमा शाहरुख खान, विक्की कौशल, बोमन इरानी, ताप्सी लगायतका कलाकार अनुबन्धित छन् ।

Advertisement:Dunki Teaser - Trailer - Drop 1

डंकी जियो स्टुडियो, रेड चिल्लिज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्मद्वारा निर्माण गरिएको हो । उक्त चलचित्र २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application