कर्णालीका चार मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिने

कर्णाली / कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिँदै छन् ।
मन्त्रीको सपथ दिउँसो १ बजे तय गरिएको कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए।
माओवादी कर्णाली सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा नेपाली कांग्रेसले आफ्ना चार जना सांसदको नाम सिफारीस गरेको छ। नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरीएको थियो।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले आर्थिक मामीला तथा योजना मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढा सिफारीस भैसकेका छन्।
मन्त्रीहरुले सपथ लिएसँगै सोमबार प्रदेश सभाबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने विषयमा पनि छलफल भएको सत्ता साझेदार दुवै दल कांग्रेस र एमालेले जनाएको छ।
मन्त्रीहरुको सपथपछि सरकारले विश्वासको मत लिने त्यसपछि कार्य दल बनाएर केही मन्त्रलायका योजना तथा कार्यक्रम लैजानेगरी मन्त्रालयको पुर्नसंरचना गर्ने सहमति बनेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस