टिआरसीमा भएको सहमति नउल्टियोस् : देव गुरुङ

काठमाडौं / नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक(टिआरसी)मा दलहरूका बीचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन्।
शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव गुरुङले विगतमा पनि पटक-पटक टिआरसीको अन्तरवस्तुमा सहमति भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताएका हुन्।
उनले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको बताए।
उनले सहमति कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गरे । टिआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि उनले आग्रह गरे।
‘विगतमा पनि पटक–पटक टुंगिएकै हो । अन्तरवस्तुमा सहमति भयो। फेरि पछाडि उल्टियो। सहमति भयो फेरि पछाडि प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्ब हुँदै आएको अवस्था हो । अहिले जुन सहमति भएको छ, भविष्यमा उल्टिएन भने, भविष्यमा कुनै अवरोध भएन भने प्रक्रिया अगाडि बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ । सहमति कायम रहोस् । उनले भने।
उनले नेकपा माओवादी(केन्द्र) सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस