टिआरसी विधेयक बारे टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु

काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बारे टुंगो लगाउन गठित कार्यदलले छलफल सुरु गरेको छ।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो। बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ।
आजको बैठकलाई निर्णायक बैठकका रूपमा लिइएको छ। बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ। प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि विधेयक टुंग्याइने कार्यदलको भनाइ छ।
आजको बैठकमा सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरसिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ।
आजको बैठकमा पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहाल लगायतको पनि सहभागी रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस