अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं / अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको थियो। खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो, जुन अहिलेसम्मकै उच्च हो ।
डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम रहेको छ।
डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई भने असर गर्ने बताइन्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस