संविधान संशोधन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान प्रचण्डको आह्वान

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरेका छन् । दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न समेत नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनेक्रममाउनले यस्तो बताएका हुन्।
उनले अँध्यारो कोठाको रातिको प्रस्ताव नभई नेकपा (माओवादी केन्द्र) को संसदमा गरिएको प्रश्ताव भएको बताए। यसका लागि काँग्रेस र एमाले तयार हो की होइन? भन्दै प्रश्न गरे। उनले निराधार आरोप लगाएर संसदका दुई प्रमुख प्रतिष्पर्धी पार्टी रहस्यमय रूपमा एक ठाउँमा उभिएको बताए। उनले काँग्रेस र एमालेको सहकार्यले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको गन्ध आएको बताए।
अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको स्पष्ट देखिएको बताए। केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको बताए।
प्रधानमन्त्री दाहालले सरकारका उपलब्धिहरूको सूची धेरै लामो भएको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस