विश्वासको मत लिनुअघि मधेश प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त

काठमाडौँ / केन्द्रमा सत्ता समीकरण फेरिए सँगै मधेश प्रदेशमा माओवादी केन्द्रका मन्त्री बर्खास्तीमा परेका छन्।
आज विश्वासको मत लिनुअघि मुख्यमन्त्री सतीशकुमार सिंहले नेकपा एमाले र नेपाली कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।
अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई बर्खास्त गरेको पत्र केही बेरमा प्रदेश प्रमुखलाई बुझाउने तयारी भएको सांसद चन्दन सिंहले जानकारी दिए।
६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ गते मुख्यमन्त्री बनेका थिए। मन्त्री हटाएर मात्रै विश्वासको मत लिने भएकाले प्रदेशसभाको बैठक बस्न पनि ढिलाइ भएको बुझिएको छ। बिहान ११ बजे विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस